बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

सेयर बजार

नेप्से ६ अंकले घट्यो, आजको कारोबार साढे ३ अर्वमा सीमित


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1012
    असोज १८, २०७८ सोमबार
    नेप्से ६ अंकले घट्यो, आजको कारोबार साढे ३ अर्वमा सीमित

    काठमाडौं । साताको दोस्रो कारोबार दिन  सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । 

    ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ७६ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।

    नेप्से परिसूचक घटेपनि आज चार वटा समूहमा सुधार आएको छ । लघुवित्त समूहमा ७२ अंकको सुधार आउँदा अन्य र होटल तथा टुरिजम क्षेत्रमा पनि सुधार आएको छ । यस्तै, जीवन बीमा समूहमा ५ अंकको सामान्य वृद्धि देखिएको छ । आज आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता १५४ रुपैयाँ कमाएका हुन् ।

    यसपछि, मैलुङ खोला जलविद्युत, सर्पोट माइक्रोफाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यसैगरी, आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij