बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

पृथ्वीराजमार्गको ९ किलोमिटर सडक कालोपत्रे


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/9532
    असार ३२, २०८२ बुधबार
    पृथ्वीराजमार्गको ९ किलोमिटर सडक कालोपत्रे

    दमौली तनहुँ, ३२ असार । व्यास नगरपालिका –५ रानीटारीबाट म्याग्दे गाउँपालिका –४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यो सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको छ । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य राखिएको छ । 
    पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समय भन्दा एक वर्ष अगावै सडक कालोपत्र भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । 
    रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij