बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको ज्यान गयो


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/9531
    असार ३२, २०८२ बुधबार
    सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको ज्यान गयो

    चितवन, ३२ असार । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको छ । 

    मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij