शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : आगामी सम्मेलन बारे छलफल


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/1251
    कात्तिक १, २०७८ सोमबार
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक : आगामी सम्मेलन बारे छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ ।

    सोमवार केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

    बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताए ।

    उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताए ।

    प्रवक्ता महराले भने, ‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निस्कर्षमा पुगेको छैन, मंगलबार बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’

    पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार बिहान ८ बस्नेछ । मंगलवारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij