बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

१२ औं राष्ट्रिय जनगणना

अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना सेटलाइटबाट गरिने


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1677
    कात्तिक २४, २०७८ बुधबार
    अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना सेटलाइटबाट गरिने

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । सो क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिने विभागले जनाएको छ ।

    सुरुमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने र त्यो हुन नसके सेटलाइटका माध्यमबाट जनगणनामा सहभागी बनाइने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

    उनका अनुसार अहिले सो क्षेत्रमा जान भारतीय सेनाले दिएको छैन । त्यसैले त्यहाँ जान कूटनीतिक प्रयास भइरहेको उनले बताए । “सो क्षेत्रमा जान सकिएन भने पनि सेटलाइटका माध्यमबाट भए पनि सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ,” बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

    उनका अनुसार सो क्षेत्रमा करिब ८०० परिवार रहेको प्रारम्भिक तथ्यांक छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij