शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/2094
    मंसिर १२, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ९१८ जनाको नमूना परीक्षण गर्दा आइतबार १५८ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६०४ जनाको पीसीआर र २ हजार ३१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ। 

    गत २४ घण्टामा ३४२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij