शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित 


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2331
    मंसिर २६, २०७८ आइतबार
    पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ४ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ८९०  सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५४ जना संक्रमित निको भएका छन् ।

    यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ । हाल ९५ जना क्वारेन्टाइनमा छन् । ११८ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा देशभर ६९ हजार ५८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij