बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नक्कली बिलमार्फत ८० करोड कारोबार, २५ करोड राजस्व छली


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3158
    माघ १२, २०७८ बुधबार
    नक्कली बिलमार्फत ८० करोड कारोबार, २५ करोड राजस्व छली

    काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ ।

    स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँबराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ । 

    यसरी कच्चा बिलमार्फत कारोबार गरेर उसले सरकारलाई तिर्नुपर्ने राजस्व छल्दै आएको छ । यस हिसाबले एकै वर्षमा उसले सरकारलाई २५ करोड रुपैयाँ बढीको राजस्व छली गरेको स्रोतको दाबी छ ।

    भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्दै आएको छ ।

    सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

    भगवती लेमिनेट्सले कच्चा बिलमार्फत कारोबार गर्दा भुक्तानी लिने क्रममा कम्पनीका कन्ट्री म्यानेजर विकास सिंहका नाममा चेक काट्न लगाउने गरेको छ ।

    २५ करोड बढीको राजस्व छली

    ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि प्रयोग गर्दै आइरहेको छ ।

    भगवती लेमिनेट्सले कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरेको छ । यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ ।

    भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दै आएको छ । यसको मूल्य ग्रेडिङका आधारमा निर्धारण गरिन्छ ।

    न्यूनतम प्लाइउड ‘ए’ ‘बी’ ‘सी’ ग्रेडिङको हुन्छ । ग्रेडिङ प्लाइउडको मोटाइमा निर्भर हुन्छ । ‘ए’ ग्रेडको प्लाई सबैभन्दा राम्रो मानिन्छ र यसको मूल्य अरू ग्रेडभन्दा बढी हुन्छ ।

    कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गर्ने क्रमलाई निरन्तरता दिँदै आएको स्रोतले जानकारी दिएको छ ।

    भगवती लेमिनेट्सका राजस्व छलीका विषय एकपछि अर्को गर्दै बाहिरिएपछि यसका प्रमुख सञ्चालक विष्णु मधगोरिया नेपाल छोडेर विदेशतर्फ गएका छन् ।

    यसका अर्का सञ्चालक रजनिश कर्नानीसँगको सम्पर्क प्रयास पनि सफल हुन सकेन । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij