बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3166
    माघ १३, २०७८ बिहीबार
    बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

    काठमाडौं । सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । 

    पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो ।

    पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले ३ माघमा संस्कृति मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । 

    बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए । ‘असुलउपर गर्न बाँकी रकम कोषको खातामा जम्मा भएको छ, भौचर पनि कार्यालयमा आएको छ,’ उनले भने ।

    छानबिन प्रतिवेदनमा छ, ‘धर्मशाला प्रयोग गरेबापत मासिक आठ लाख ७८ हजार चार सय ६८ रुपैयाँ र वार्षिक एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँ कायम गरेकोे, सम्झौता हाल १० वर्षको हुने र पछि पाँच वर्ष थप गर्ने उल्लेख छ । 

    धर्मशालाबाट कोषले भुक्तानी पाउनुपर्ने भाडा करिब एक वर्षदेखिको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ बाँकी देखिन्छ ।’

    कोभिड– १९ महामारी अवधिमध्येको भाडा मिनाहाका लागि आनन्दले कोषसँग माग गर्दै आएको थियो । तर, पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को स्वीकृतिविना नै धर्मशाला लिजमा दिइएको छानबिनबाट खुलेपछि सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाइसकेको छ ।

    परिषद्को मंगलबारको बैठकले कोषका सदस्यसचिव डा। मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डा। टोकराज पाण्डेसहितको तीन सदस्यीय समिति गठन गरिसकेको छ । 

    समितिले होटेल आनन्द प्रालिसँग स्पष्टीकरण लिएर सम्झौता खारेजीको औपचारिक निर्णयकोे म्यान्डेट पाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij