सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

शेयर बजारमा ५३.३० अंकको वृद्धि, कारोबार रकम भने बढ्न सकेन


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3670
    फागुन ३, २०७८ मंगलबार
    शेयर बजारमा ५३.३० अंकको वृद्धि, कारोबार रकम भने बढ्न सकेन

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको वृद्धि भएको छ ।

    आज नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको हो ।

    त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

    नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ ।

    आज न्यादीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८९.५० रुपैयाँ पुगेको छ भने तेह्रथुमको शेयरमूल्य ८.७० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय रुपैयाँ पुगेको छ ।   

    त्यस्तै, आज एनआइसी एसिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ ।

    यस कम्पनीको आज २२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij