धरान सुनसरी, २२ असारः सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाख भन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो । इनरुवा नगरपालिका–९ बबिया साम्बला टोलमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिएका छन।
उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका थिए । को३२प २५४५, को २३ प ८११९, को १५ प ३११० र को ३३ प ६२४६ नंम्वरको मोटरसाइकल बरामद गरिएको छ । मोटरसाइकल र बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।