सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ सार्वजनिक


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9447
    असार २२, २०८२ आइतबार
    मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय  कार्ययोजना २०८२ सार्वजनिक

    काठमाडौ २२ असार । यस बर्ष मनसुन सरदरभन्दा १५ दिन अघि जेठ १५ मा नेपालमा भित्रिएको छ । जल तथा मौसम बिज्ञान बिभागले यस बर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र दिउसो भन्दा रातमा पानि बढी पर्ने तथा गर्मिमा तापक्रम पनि औसत भन्दा बढी रहने पूर्वअनुमान गरेको छ । सो आधारमा राष्टिय जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणले सबै सरोकारवालाहरु सँग छलफल गरी कार्यान्वयनका लागि सबै सम्बन्धित निकायलाई पत्राचार गरेको बिभागका प्रबक्क्ता सुरेश सुनारले जानकारी दिएका छन । 
    बिपतका घटनामा छिटो र प्रभावकारी प्रतिकार्यका लागि प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड पोष्ट निमाण गरेको प्रबक्क्ता सुनारले बताए । मनसुन सुरु भएको ३० दिनको मनसुनजन्य बिपतका घटनाको तुलनात्मक रिपोर्ट यसप्रकार रहेको छ ।
    गत बर्ष २०८१ जेठ देखी २८ असार सम्म कूल घटना संख्या ७४८ रहेको थियो । जसमा ८४ जनाको मुत्यु भएको थियो भने २ जना बेपत्ता, १०४ जना घाइते र १५३२ जना प्रत्यक्ष प्रभावित भएका थिए । भने यस बर्ष २०८२ जेठ देखी १५ असार सम्म कूल घटना संख्यामा सुधार भएर २६३ रहेको छ । जसमा १२ जनाको मुत्यु भएको छ भने बेपत्ता संख्या ० मा रहेको छ, ६३ जना घाइते र ५११ जना प्रत्यक्ष प्रभावित भएका छन । 
    बिपत सम्बन्धी सूचनाको पालना आम नागरिकले गर्नुपर्नेमा जोडदिदै सुनारले भने बाढी, पहिरो जस्ता जोखिमबाट बच्न मौसमपूर्वानुमान शाखाको सूचनालाई आधार मानेर नदि किनारमा दाउरा झिक्न, माछा मार्न जान र घरको तल्लो तलामा समेत सचेत रहेर बस्न र पानि परेको समयमा बाहिरको यात्रा नगर्न समेत आम नागरिकले बुझ्न जरुरी हुन्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij