जाजरकोट २२ असार । डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाह कार्यकक्षमै कुटिएका छन। उनलाई अज्ञात समुहबाट आक्रमन भएको थियो ।
कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका समयमा केही युवाहरु प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको प्रमुख शाहले जानकारी दिएका छन । ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले केही कुरा उठाए म पनि आवेगमा आए अनि मलाई आक्रमण गरे प्रमुख शाहले भने। घटनापछि शाहले सामान्य चोटपटक लागेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त कुमार शर्माले भने आक्रमणकारीको पहिचान भइनसके पनि सिसिटिभी फुटेजको सहायताले छानबिन अघि बढाएका छौ । हामीले कार्यालय परिसरको सिसिटिभी फुटेज संकलन गरेका छौं, त्यसको आधारमा दोषी पहिचान गरी कारबाही अघि बढाउछौ ।