सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्से सूचकांक र कारोबार दुवै घट्यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3704
    फागुन ४, २०७८ बुधबार
    नेप्से सूचकांक र कारोबार दुवै घट्यो

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता कारोबारको चौथो दिन आज बुधबार दोहोर अंकको गिरावट भएर बन्द भएको छ ।

    आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ । बुधबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो  ।

    त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।  
     
    नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा अन्यको भन्दा केहि  वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन ।

    त्यस्तै, आज बुद्धभूमि नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

     यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ । बुधबार अधिकांश नेप्से उपसूचकांकहरुमा उच्च गिरावट देखिएको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij