सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्से ३९.४० अंकले घट्यो, ४ अर्ब ८ करोडको कारोबार


  • 865
    SHARES
  • https://indrenipost.com/index.php/posts/3804
    फागुन ८, २०७८ आइतबार
    नेप्से ३९.४० अंकले घट्यो, ४ अर्ब ८ करोडको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकका गिरावट आएको छ ।

    आज नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको हो । त्यस्तै, आज ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।    

    नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ ।

    आज तेह्रथुमको शेयरमूल्य ८.६४ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ७९ रुपैयाँ पुगेको छ भने युनाइटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको हो ।   

    त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रु रु जलविदुत परियोजना र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ५८ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।              
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij