सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने बढ्न सकेन


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3836
    फागुन ९, २०७८ सोमबार
    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार भने बढ्न सकेन

     नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको हो ।

    आइतबार नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको थियो ।   

    त्यस्तै, आज बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएका थियो ।         

    नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तय संस्था रहेको छ ।

    युनाइटेड कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८३४.९० रुपैयाँ पुगेको छ । त्यस्तै आज गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।  

    त्यस्तै, आज नविल डिभञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाm टेलीकमको भएको छ । यस कम्पनीको आज २६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।              

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij