सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी दुई प्रदेश र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
यस्तै प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र वाग्मतीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।