सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

शेयर बजारमा १७.४२ अंकको वृद्धि, ३ अर्ब २१ करोडको कारोबार


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3863
    फागुन १०, २०७८ मंगलबार
    शेयर बजारमा १७.४२ अंकको वृद्धि, ३ अर्ब २१ करोडको कारोबार

     नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.४२  अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको हो । सोमबार नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको थियो ।   

    त्यस्तै, आज कारोबार रकममा सामान्य वृद्धि भएको छ  । आज ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।         

    नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६८२ रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९१८.३० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आज सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यी कम्पनीको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २१ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ ।               
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij