पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसममा बदली र हल्का वर्षा भएको छ ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमका साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।