सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

शेयर बजार निरन्तर ओरालोतिर : आज पनि दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3884
    फागुन ११, २०७८ बुधबार
    शेयर बजार निरन्तर ओरालोतिर : आज पनि दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ ।

    आज नेप्से १५.५० अंकले बढेर दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा रोकिएको हो ।

    मंगलबार नेप्से १७.४२  अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको थियो ।   

    त्यस्तै, आज कारोबार रकम पनि घटेको छ ।

    आज ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको छ ।

    मंगलबार ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।          

    नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा दिव्याश्वरी हाइड्रोपावर, युनाइटेड इदी मर्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ ।

    यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ ।

    यस कम्पनीको आज १९ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।                

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij