मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने


  • 3.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3891
    फागुन १२, २०७८ बिहीबार
    इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

    काठमाडौं । सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ ।

    कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् ।

    इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ ।

    हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ ।

    यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रमिक गइरहेको कोरियामा समेत थप नेपालीलाई पठाउने तयारी भएको छ ।

    कोरियाले वर्षको ६ महिना काम गर्ने गरी त्यहाँको कृषि क्षेत्रमा नेपाली कामदार माग गरेपछि नेपालले त्यसका लागि गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    यसैगरी विगत दुई वर्षदेखि रोकिएको कोरियाको उडानसमेत सुचारु भएको छ ।

    मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

    दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो । यो समाचार कारोबार दैनिकमा छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij