सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्सेमा ७.७३ अंकको गिरावट, कारोबार रकम तीन अर्बमा सिमित


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3952
    फागुन १५, २०७८ आइतबार
    नेप्सेमा ७.७३ अंकको गिरावट, कारोबार रकम तीन अर्बमा सिमित

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको आज आइतबार सामान्य अंकको गिरावट आएको छ ।  

    आज नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको हो ।

    त्यस्तै, आज ३ अर्ब २७ करोड २७ लाख बराबरको कारोबार भएको छ ।  

    नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ ।

    यस कम्पनीको शेयरमूल्यमा आज ४.५३ प्रतिशतले बढेर प्रतिकित्ता ३६६ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ ।

    यी कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ ।

    यस कम्पनीको आज २० करोड ४४ लाख भन्दा बढीको कारोबार भएको छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij