मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

रुसी सेनाले भन्यो- किभ छोडेर भासिल्किभमा जानु


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3978
    फागुन १९, २०७८ बिहीबार
    रुसी सेनाले भन्यो- किभ छोडेर भासिल्किभमा जानु

    किभ । रूसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् ।

    रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरूलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रूसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रूसी समाचार संस्था रोसिया २४ लाई भने । 

    किभ खाली गर्न रूसले गरेको यो दोस्रो प्रस्ताव हो । सोमबार जनरल कोनाशेन्कोभले सोही प्रस्ताव गर्दै भासिल्किभ खुला र सुरक्षित भएको बताएका थिए । तर रूसी हमलापछि भासिल्किभमा गोलाबारी र हमला भएका विवरण सार्वजनिक भएका थिए ।

    रूसी सेनाले राजधानी किभलाई बारम्बार निशाना बनाउँदै आएको छ । तर, युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन ।

    रूसी सेना दोस्रो पटक किभलाई हमला गरेको छ । रूसी सेनााका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रूसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए ।
     

  • सम्बन्धित विषय:

  • # सेना
  • # रूस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij