आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

प्रेमिका अर्कै केटासँग लागेपछि अपहरण, दुईसहित तीन पक्राउ


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4026
    चैत ६, २०७८ आइतबार
    प्रेमिका अर्कै केटासँग लागेपछि अपहरण, दुईसहित तीन पक्राउ

    काठमाडौं । प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् ।

    सप्तरी घर भइ विराटनगर ४ कंचनबारीमा कोठाभाडामा बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारलाई दुई लाख रुपैयाँ फिरौती रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

    घटनामा जोडिएका सुमन मुख्य नाइके भएको खुलेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुमनले आलोकलाई अपहरण गर्नुको कारण प्रेमिकासँग जोडिएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुमनको प्रेमिका विराटनगरमा बसेर पढ्दै आएका थिइन् । पढाइमा लाग्ने सम्पूर्ण खर्च सुमनले नै व्यहोरेका थिए ।

    केही समयअघि मात्रै सुमनकी प्रेमिका आलोकसँग लागेको थाहा पाएपछि आलोकलाई अपहरण गर्ने र सबै खर्च उठाउने योजना अनुरुप विराटनगरको कन्चनबारीदेखि बिहीबार साँझ आलोकलाई अपहरण गरिएको प्रहरीले जनाएको छ ।

    अपहरणपछि आलोकको घरमा फोन गरेर दुई लाख मागिएको घटना खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्र कार्कीले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij