मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पत्रपत्रिका

पूर्वराजाको यस पटकको नयाँ वर्ष झापामा, भोलि नै काठमाडौंबाट हिड्ने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4027
    चैत ६, २०७८ आइतबार
    पूर्वराजाको यस पटकको नयाँ वर्ष झापामा, भोलि नै काठमाडौंबाट हिड्ने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो ।

    उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ ।

    झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ । यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम तय भइनसकेको स्रोतले बतायो ।

    रोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लाग्नुभएको हो । ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम रहेको छ ।

    यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी पुगेका थिए । झापामा केही दिन बसाइपछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij