मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

महाकालीमा भारतले एकतर्फी तटबन्ध बनाउँदै, नेपाल सरकार मौन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4033
    चैत ७, २०७८ सोमबार
    महाकालीमा भारतले एकतर्फी तटबन्ध बनाउँदै, नेपाल सरकार मौन

    काठमाडौं । नेपाल(भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ ।

    स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो ।

    भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड(लास्कुखोलामहाकाली नदी किनार(नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् ।

    भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै (नेपालतर्फ) सीमा रहेको महाकाली नदीको पानी नेपालतर्फ धकेलिने गरी तटबन्ध बनाउन थालेको हो ।

    भारतले आफ्नो पुरानो तटबन्धभन्दा नेपालतर्फ १ मिटर वरै पुनः जेसिवी चलाएर तटबन्ध गर्नका लागि फाउण्डेसन तयार गरिरहेको छ, सदरमुकाम खलंगाका स्थानीय भोजराज जोशीले भने, हामीले पटकपटक विरोध गरेका छौं, तर पनि नत भारतीय पक्ष पछि हट्छ, नत नेपालतर्फको स्थानीय प्रशासनले नै सुन्छ ।

    भारतले यसरी आफूखुसी महाकाली नदी साँघुरिनेगरी तटबन्ध गर्दा बर्खायाममा नेपालतर्फ क्षति पुगने आँकलन गरिएको उनले बताए । यो समाचार नागरिक दैनिकमा समाचार छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij