मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

‘बरु ध्वस्त हुन्छौँ, रुस समक्ष आत्मसमर्पण गर्दैनौँ’


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4048
    चैत ८, २०७८ मंगलबार
    ‘बरु ध्वस्त हुन्छौँ, रुस समक्ष आत्मसमर्पण गर्दैनौँ’

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको सिधा वार्ताका लागि फेरि आह्वान गरेका छन् ।

    जारी युद्ध रोक्ने एकमात्र विकल्प पुटिनसँगको सिधा वार्ताबाट मात्रै सम्भव रहेको उनले उल्लेख गर्दै आएका छन् । युक्रेन र रुसका प्रतिनिधिबीच विभिन्न चरणको वार्ता भए पनि हालसम्म कुनै प्रगति हाँसिल भएको छैन ।

    युद्धको आदेश पुटिनले दिएको र त्यसलाई रोक्ने निर्णय पनि उनले नै गर्न सक्ने आफूहरुलाई थाहा रहेको जेलेन्स्कीले बताएका हुन् । सोही कारण पुटिनसँगको सिधा वार्ताका लागि आफूले जोड दिँदै आएको जेलेन्स्कीको भनाइ छ ।

    कुनै पनि संरचनामा पुटिनसँग सिधा वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘सिधा वार्ता बिना उनीहरु यो युद्ध रोक्नका लागि के चाहन्छ वा के गर्न तयार छन् भन्ने थाहा हुँदैन ।’

    जेलेन्स्कीले कुनै पनि अवस्थामा आक्रमणकारी समक्ष आत्मसमर्पण नगर्ने बताएका छन् । रुसी आक्रमणकारीले आत्मसमर्पण गराउने खोज्दा पूरै शहरहरु ध्वस्त पाने जेलेन्स्कीले बताएका हुन् ।

    कुनै पनि अवस्थामा राजधानी किएभ, उत्तरी शहर खार्किभ वा गम्भीर गोलाबारीले ध्वस्त भएको र घेराबन्दीमा परेको मारिपोल या अरु कुनै शहर आफ्ना देशका नागरिकले रुसी आक्रमणकारीलाई हस्तान्तरण नगर्ने स्पष्ट पारेका छन् ।

    उनले भनेका छन्, ‘युक्रेनले रुसको अल्टिमेटम पूरा गर्दैन । त्यसका लागि हामी पहिले ध्वस्त हुनु पर्छ ।’ रुसले मारिपोल शहरलाई आत्मसर्मपण गर्न अल्टिमेटम दिएको थियो । तर युक्रेनले त्यसलाई ठाडै अस्वीकार गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij