सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्से १६.०४ अंकले बढ्यो, दुई अर्ब ५१ करोडको कारोबार


  • 982
    SHARES
  • https://indrenipost.com/index.php/posts/4059
    चैत ८, २०७८ मंगलबार
    नेप्से १६.०४ अंकले बढ्यो, दुई अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा रोकिएको हो ।

    सोमबार १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा पुगेर बन्द भएको थियो ।   

    त्यस्तै, आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज २ अर्ब ५२ करोड ८८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका १०६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ७७ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको ।

    जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ ।        

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटरको भएको छ । यस कम्पनीको आज १५ करोड ३३ लाख भन्दा बढीको कारोबार भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij