मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मेलम्ची पानी उपत्यका बासीले नयाँ वर्ष अगावै पिउन पाउँलान् ?


  • 1000
    SHARES
  • https://indrenipost.com/index.php/posts/4063
    चैत ९, २०७८ बुधबार
    मेलम्ची पानी उपत्यका बासीले नयाँ वर्ष अगावै पिउन पाउँलान् ?

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए ।

    पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ ।

    सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए ।

    सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ ।

    चैतको पहिलो हप्ता सम्पन्न हुँदा पनि विभागीयमन्त्रीदेखि सरकारका विभिन्न अधिकारीहरूले चैतभित्रै मेलम्चीको पानी आउने दाबी गर्दै आएका छन् । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij