मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

संसारका सबैभन्दा प्रदूषित राजधानी सहरको सूचीमा काठमाडौं


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4070
    चैत ९, २०७८ बुधबार
    संसारका सबैभन्दा प्रदूषित राजधानी सहरको सूचीमा काठमाडौं

    काठमाडौं । काठमाडौं विश्वकै छैटौं प्रदूषित राजधानीका रुपमा देखिएको छ ।

    वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डको कम्पनी आईक्यु एयरले सार्वजनिक गरेको सन् २०२१ को नतिजाअनुसार विश्वका १०७ राजधानीमध्ये नेपालको राजधानी सहर काठमाडौं छैटौं स्थानमा देखिएको हो ।

    विश्वका सहरको सूचीमा भने काठमाडौं ११ औं स्थानमा छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी भारतको दिल्ली बनेको छ । दोस्रो स्थानमा बंगलादेशको ढाका देखिएको छ ।

    विश्वको सबैभन्दा प्रदूषित सहर भने पाकिस्तानको लाहोर बनेको छ । त्यस्तै चादको राजधानी नाजामेना तेस्रो, ताजिकिस्तानको दुसान्बे चौथो र ओमानको मस्काट पाचौं स्थानमा छन् । 

    विश्वको सबैभन्दा प्रदूषित मुलुक वा क्षेत्रको सूचीमा भने नेपाल १०औं स्थानमा छ । विश्वको सबैभन्दा प्रदूषित मुलुकको सूचीको पहिलो स्थानमा बंगलादेश छ ।

    दोस्रोमा चाद, तेस्रोमा पाकिस्तान, चौथोमा ताजिकिस्तान तथा पाँचौं स्थानमा भारत छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij