मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

नेपाल भ्रमणअघि भारत पुगे चिनियाँ मन्त्री वाङ


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4093
    चैत ११, २०७८ शुक्रबार
    नेपाल भ्रमणअघि भारत पुगे चिनियाँ मन्त्री वाङ

    दिल्ली । नेपाल भ्रमण अगाडि बिहीबार राति दिल्ली पुगेका चिनियाँ विदेश मन्त्री वाङ यिले भारतमा सोचेजस्तो न्यानो स्वागत नपाएको भारतीय मिडियाहरुले जनाएका छन् ।

    भारत र चीन दुवै पक्षले यस भ्रमणबारे आधिकारिक रुपमा घोषणा नगरेको हुँदा यसलाई ‘सरप्राइज भिजिट’ पनि भनिएको छ । मन्त्री वाङलाई केहीदिन अगाडि यसबारे प्रश्न गर्दा उनले समय आएपछि जानकारी गराउने मात्र भनेका थिए । 

    चीन र भारतका सेनाबीच २०२० मा भएको गलवान झडप पछिको यो पहिलो हाइ–प्रोफाइल चिनियाँ भ्रमण हो । यसकारण पनि दुई देशबीचको यो भेटवार्तालाई महत्वपूर्ण प्रकृतिको मानिएको छ ।

    उक्त झडपमा दुवै पक्षले ठूलो क्षति बेहोर्नुपरेको थियो र अहिलेसम्म पनि लदाख क्षेत्रमा सेनाहरुबीचको अवस्था तनावग्रस्त नै रहेको छ । 

    यस्तोमा वाङले विशेषगरी सकारात्मक कूटनीतिक अन्र्तक्रियामा र सिमानामा शान्ति कायम गर्नका लागि सैन्य स्तर पुनःस्थापित गराउने सम्बन्धी जोड दिएका छन् ।

    यता भारतले चाहिँ स्वीकार्य हुने सम्झौताअनुरुप सिमानाको समस्या हल नभएसम्म चीनसँग पहिले जस्तो सामान्य सम्बन्धमा रहन नसक्ने बताएको छ ।

    यसकारण पनि दिल्ली सरकारले पछिल्लो दुईवर्ष चिनियाँ व्यवसायमा कडाइ अपनाएको छ । आयातदेखि लगानीका परियोजना र केही चिनियाँ मोबाइल एपमाथि पनि भारतले प्रतिबन्ध लगाएको छ । 

    त्यस्तै युक्रेनमा जारी रुसी हमलाका बीच वाङले भ्रमणको निर्णय गर्नुलाई भूराजनीतिका हिसाबले पनि महत्वपूर्ण मानिएको छ ।

    भारत र चीन यो विषयमा एउटै स्थानमा रहेकाले पनि यो समय, दुई देशले आपसी विवाद अन्त्य गर्न सबैभन्दा उत्तम क्षण भएकामा चीन पक्षले जोड दिएको छ । 

    अहिलेको परिस्थितिले भारत र चीनलाई शान्ति स्थापकको भूमिका निर्वाह गर्ने सुनौलो अवसर र गम्भीर जिम्मेवारी दिएको भारतीय नेता सुधिन्द्र कुल्कर्नीले पनि यसअघि टिप्पणी गरेका थिए ।

    यसो गर्न सकेमा इतिहासमै पहिलोपटक युरोपमा शान्ति स्थापनाका लागि एसियाको भूमिका प्रमुख बन्ने उनले बताएका छन् । 

    यस हप्ता चीनको गुवाङछीमा भएको ठूलो विमान दुर्घटना सम्बन्धी मोदीले पीडित परिवारका लागि दुःख तथा समवेदना व्यक्त गर्दै ट्विट पनि गरेका थिए ।

    त्यसैले समस्त रुपमा हेर्दा वाङको अचानक भ्रमण दुई देशबीचको तनाव अन्त्य गर्ने राम्रो अवसर रहेको विश्लेषकहरुको तर्क छ । वाङ यि आज साँझ तीन दिनका लागि नेपाल पनि आउँदैछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij