मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कुरीति चिर्दै ६ दिदीबहिनी बुबाको काजक्रियामा


  • 3.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4097
    चैत १२, २०७८ शनिबार
    कुरीति चिर्दै ६ दिदीबहिनी बुबाको काजक्रियामा

    काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन् ।

    नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न चैत ७ गते मृत्यु भएका बुबा रेवत हिस्कीको क्रियाकर्म ६ दिदीबहिनीले उम्माउन लागेका हुन् ।

    दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की बुबाको काजक्रिया गर्न गत ५ दिनदेखि पूर्णसंस्कारमा रही क्रिया बसेका हुन् ।

    बुबाआमाको काजक्रिया छोरीले पनि गर्नुपर्छ र छोराछोरी बराबर हो भन्ने मान्यता स्थापित गर्न तथा अन्धविश्वासलाई चिर्न ६ दिदीबहिनी लागि परेका हुन् ।

    साईली छोरी प्रेमकुमारीले बाबाको अचानक मृत्यु हुँदा अन्यौलताका बीच दिदीबहिनीहरुको सल्लाहमै काजक्रिया कर्ममा लागि परेको बताइन् ।

    उनी भन्छिन्, ‘हामीसँग दाजुभाई नभएता पनि दिदीबहिनी जुटे जे पनि गर्न सक्छौं भन्ने लागेर पुण्यकर्ममा लागिपर्यौं ।’ ६ दिदीबहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृत्यु भयो ।

    तर पनि मगर संस्कार अनुसार छोरा नभए पनि छोरी पनि छोरा समान काम गर्न सकिन्छ भनेर आफूहरु क्रियामा बसेको मनकुमारीले बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij