मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग जेलेन्स्कीको अपिल


  • 955
    SHARES
  • https://indrenipost.com/index.php/posts/4124
    चैत १५, २०७८ मंगलबार
    रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग जेलेन्स्कीको अपिल

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् । तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् ।

    आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा सोमबार जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही ‘निष्क्रिय’ प्रकृतिका प्रतिबन्धको आलोचना गरेका छन् ।

    कुनै पनि जवाफका लागि विश्वले रुसको आक्रमण वा क्रियाको प्रतिक्षा गर्न नमिल्ने जेलेन्स्कीले सन्देशमा भनेका छन् ।

    सम्भावित गम्भीर अवस्था आउन नदिनका लागि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग बिन्ती गरेका छन् ।

    ‘विश्व शक्ति राष्ट्रले पहिले नै कडा प्रतिबन्ध लगाएको भए युक्रेनमाथि रुसको आक्रमण रोकिने थियो’, उनले भनेका छन् ।

    सात मिनेट लामो सन्देशमा उनले भनेका छन्, ‘ठूलो युद्ध सुरु भइसकेको छ । त्यहाँ धेरै संकेत र चेतावनी आएका थिए कि कडा प्रतिबन्ध लगाउनु पर्ने थियो । जस्तो कि रुसी तेलमाथि प्रतिबन्ध लगाउने, यदी रुसले रासायनिक हतियार प्रयोग गर्‍यो भने ।’

    यो हप्ता विश्वका विभिन्न देशका संसदलाई सम्बोधन गर्ने र हतियार सहयोगका लागि आग्रह गर्ने पनि जेलेन्स्कीले बताएका छन् । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij