मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

विश्वकै चर्चित बसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/4141
    चैत १६, २०७८ बुधबार
    विश्वकै चर्चित बसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला

    काठमाडौं । राजधानीको वसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार गद्दी बैठक सर्वसाधारणका लागि खुला भएसँगै नेपाली नागरिक मात्र नभई विश्वभरका पर्यटकले शाहकालका १३ पुस्ते राजाको इतिहास जान्ने अवसर पाउनेछन् ।

    राणा प्रधानमन्त्री चन्द्र शम्शेरको कार्यकालमा सन् १९०८ मा निर्माण भएको विश्वकै चर्चितमध्ये एक गद्दी बैठकको हनुमानढोका दरबार संग्रहालयका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हिजो मंगलबार उद्घाटन गरेका हुन् ।

    डेढ महिनाअघि नै खुला गर्ने तयारी भएको बैठक कक्ष कोभिडका कारण रोकिएको थियो । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकी सरकारको संस्कृति संरक्षणसम्बन्धी राजदूत कोषबाट ७ लाख रुपियाँ सहयोग प्राप्त भएको थियो । गद्दी बैठक पुनर्निर्माण आठ महिनामा सम्पन्न भएको छ ।

    नियो क्लासिकल शैलीमा निर्मित गरिएको गद्दी बैठकको ३ पटकसम्म स्वरूप परिवर्तन भइसकेको छ । यसअघि बेलायत सरकारले यसको पुनर्निर्माण गरेको थियो । गद्दीको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र सजाइएको छ ।

    पहिलोपटक खुला गरिएको गद्दी बैठकमा बेल्जियमबाट ल्याइएका झुमरहरू, पृथ्वीनारायण शाहको एकीकरणदेखि राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रसम्मका दस्तावेज हेर्न पाइन्छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij