सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्सेमा ४०.६८ अंकको वृद्धि, २ अर्ब २५ करोडको कारोबार


  • 820
    SHARES
  • https://indrenipost.com/index.php/posts/4149
    चैत १६, २०७८ बुधबार
    नेप्सेमा ४०.६८ अंकको वृद्धि, २ अर्ब २५ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको थियो ।  

    त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १११३.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११९९.६० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५९.८० रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.८५ बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ ।   

    नेप्सेका अनुसार आज एनसीसी डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब २ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij