सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि सुधार आएन


  • 730
    SHARES
  • https://indrenipost.com/index.php/posts/4175
    चैत १७, २०७८ बिहीबार
    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि सुधार आएन

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.९५ अंकले घटेर दुई हजार ५ सय ४४ दशमलब ३० विन्दुमा रोकिएको हो । बुधबार नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको थियो ।   

    त्यस्तै, आज कारोबार रकममा पनि सामान्य घटेको छ । आज १ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१९.५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५५.७० रुपैयाँ पुगेको छ ।   

    नेप्सेका अनुसार आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमजिङ नेपालको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।        

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij