मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4215
    चैत २०, २०७८ आइतबार
    कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ ।

    दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ ।

    परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारी प्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ ।

    वैदेशिक रोजगार विभाग ईपीएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादर खड्काले आवेदन दिने अन्तिम म्यादको अघिल्लो दिनसम्म कृषि क्षेत्रतर्फ पाँच हजार पाँच सय र उत्पादनमूलक क्षेत्रमा १९ हजारको आवेदन परको जानकारी दिए ।

    शाखाले हालसम्म परेको आवेदनको आधारमा अन्तिम दिनसम्म ३० हजार पुग्ने अनुमान गरेको छ । यो समाचार कारोबार दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij