सरकारले आइतबारबाट लागुहुने गरी नयाँ भाडादर कायम गर्ने भएको छ ।
यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा बढाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर निकाल्न लागेको हो ।
सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने बिहीबार बसेको मन्त्रिस्तरीय बैठकबाट निर्णय भएको थियो ।
पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धि पछि व्यवसायीहरुले यातायातका साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।
उक्त बैठकमा यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको छ ।
यो भाडादर विभागले कुन रुटको कति भनेर आधिकारीक रुपमा सूचना जारी गरेपछि मात्र लागू हुनेछ ।।