सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेप्सेमा ३०.८९ अंकको गिरावट, एक अर्ब ४६ करोडको कारोबार


  • 937
    SHARES
  • https://indrenipost.com/index.php/posts/4231
    चैत २०, २०७८ आइतबार
    नेप्सेमा ३०.८९ अंकको गिरावट, एक अर्ब ४६ करोडको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ ।

    आज नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा रोकिएको हो ।

    त्यस्तै, आज १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३४७.२० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४५१.४० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् ।

    यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij