मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पाकिस्तानको संसद् भंग, अबको प्रक्रिया के सक्छ ?


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4233
    चैत २०, २०७८ आइतबार
    पाकिस्तानको संसद् भंग, अबको प्रक्रिया के सक्छ ?

    पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन् । राष्ट्रपति अल्वीले संविधानको धारा ५८ अनुसार संसद् भंग गरेका हुन् ।

    यसअघि, आइतबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

    त्यसअघि, राष्ट्रियसभाका उपसभामुखले प्रधानमन्त्री इमरानविरुद्धको अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरिदिएका थिए ।

    अब के हुन्छ ?

    पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले राष्ट्रियसभाको विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने बताएका छन् ।

    निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रियसभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

    अब ९० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ । त्यसको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij