सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4240
    चैत २१, २०७८ सोमबार
    दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ ।

    आज नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा रोकिएको हो ।

    आइतबार नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा बन्द भएको थियो ।  

    त्यस्तै, आज कारोबार रकममा सामान्य वृद्धि भएको छ ।

    आज १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आइतबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    इमर्जिङ नेपालको शेयरमूल्य ९.१२ प्रतिशतले बढेर प्रतिकित्ता १४७० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५९६.५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२७७.३० रुपैयाँ पुगेको छ ।    

    नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमर्जिङ नेपालको भएको छ ।

    यस कम्पनीको आज ६३ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij