मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

ओलीज्यू ! निर्माण कार्य सम्पन्न नहुँदै तपाईंले उदघाटन गरेको धरहरा कहिले चढ्न पाइन्छ ?


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4245
    चैत २२, २०७८ मंगलबार
    ओलीज्यू ! निर्माण कार्य सम्पन्न नहुँदै तपाईंले उदघाटन गरेको धरहरा कहिले चढ्न पाइन्छ ?

    काठमाडौं । धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ ।

    ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् ।

    गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ ।

    उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो ।

    भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनः निर्माणको कामले गति लिएको थियो । गोर्खा भूकम्पले ढलेको धरहरा पुनः निर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो ।

    विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।  यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij