सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

एमसिसी परियोजना छिट्टै सुरु गर्न अर्थमन्त्री जनार्दन शर्मा नै उद्दत


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4250
    चैत २३, २०७८ बुधबार
    एमसिसी परियोजना छिट्टै सुरु गर्न अर्थमन्त्री जनार्दन शर्मा नै उद्दत

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

    एमसिसी डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसी नेपालस्थित राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भएको भर्चुअल बैठकमा मन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी रहेको देखिएकाले त्यति ढिलो गर्न नहुने बताए ।

    ‘एक वर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो । हामी छिटोभन्दा  छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु’ उनले भने ।

    संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसिसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाए ।

    ‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडि बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्ष भित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छौं छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ’ उनले भने ।

    एमसिसी विशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भए पनि विभिन्न कारणले राजनीतिकरण भएको उनको भनाइ थियो । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij