मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अविश्वासको प्रस्ताव पास भएसँगै ढल्यो इमरान खानको सरकार


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4276
    चैत २७, २०७८ आइतबार
    अविश्वासको प्रस्ताव पास भएसँगै ढल्यो इमरान खानको सरकार

    स्लामावाद । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको छ ।

    प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका छन् । इमरान खानको पार्टीका सांसदहरुले भने मतदान बहिष्कार गरेका थिए  ।

    नेशनल एसेम्बलीका सभामुख असद कैसरले प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्न अनुमति नदिएपछि पाकिस्तानका प्रधानन्यायाधीशले १२ बजे सर्वोच्च अदालतको ढोका खोल्ने निर्णय गरेका थिए ।

    यस्तो अवस्थामा अदालतको आदेशपछि मध्यरातमा अविश्वासको प्रस्तावमा मतदान भएको थियो ।

    इमरान खानको सरकार ढलेपछि पाकिस्तानको भावी प्रधानमन्त्री शाहबाज शरीफ हुन सक्छन् । विपक्षी दलले प्रधानमन्त्री पदका लागि शाहबाज शरीफलाई प्राथमिकतामा राखेका छन् ।

    पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री पदबाट हट्ने इमरान पहिलो प्रम हुन् ।

    प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री निवासबाट बाहिरीसकेका छन् । राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथि कारबाही भइरहेको समयमा नै उनी प्रम निवासबाट बाहिरिएका थिए । 

    राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल(एनका अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तानले संविधान र कानूनको पुनर्स्थापना गर्न चाहेको बताए ।

    पीएमएल(एनका अध्यक्ष शाहबाज शरीफले आफूहरु कसैसँग बदला नलिने तर कानूनले आफ्नो बाटो लिने बताएका छन् ।

    राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले अप्रिल १० को ऐतिहासिक महत्व रहेको बताए ।

    उनले सदनलाई गत वैशाख १० गते १९७३ को संविधान पारित गरेको स्मरण गराए । उनले भने, ुपुरानो पाकिस्तानमा स्वागत छ ।

    साथै पाकिस्तानका महान्यायाधिवक्ता खालिद जावेद खानले पनि पदबाट राजीनामा दिएका छन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij