मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पूरै युरोप रुसको निशानामा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4279
    चैत २७, २०७८ आइतबार
    पूरै युरोप रुसको निशानामा

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको बताएका छन् ।

    आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनसम्म मात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम रहेको बताएका हुन् ।

    रुसी उर्जामा पूर्ण प्रतिबन्ध लगाउन उनले पश्चिमा राष्ट्रसँग आग्रह गरेका छन् । युक्रेनलाई थप हतियारसहितका सैन्य सहयोग गर्न पनि उनले माग गरेका छन् ।

    nirmal magar.jpg

    रुसको सैन्य आक्रमण सबैलाई नोक्सान गर्ने विपद रहेको उनले बताए । उनले युक्रेन संघर्षपूर्ण लडाईँका लागि तयार रहेको पनि बताए । रुसी सैनिकले हाल आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ ।

    जेलेन्स्कीले भनेका छन्, ‘यो युद्ध कठिन हुनेछ, तर जित हाम्रो हुनेछ भन्ने विश्वास छ । रक्षात्मक युद्धसँगै शान्तिका लागि कूटनीतिक मार्गको खोजीका लागि हामी प्रतिवद्ध छौँ ।’

    युक्रेनका प्रमुख वार्ताकार मिखाइलो पोडोल्याकले रुसी सैनिक पूर्वी क्षेत्रमा पराजित नहुँदासम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच वार्ताको सम्भावना नरहेको बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij