मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अचानक बेलायती प्रधानमन्त्री युक्रेनमा, सुरक्षा सतर्कतासहित राष्ट्रपतिसँगै सडकमा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4280
    चैत २७, २०७८ आइतबार
    अचानक बेलायती प्रधानमन्त्री युक्रेनमा, सुरक्षा सतर्कतासहित राष्ट्रपतिसँगै सडकमा

    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अचानक, रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन् ।  

    बीबीसीको खबरअनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किएभ पुगेका हुन् । 

    बेलायती प्रधानमन्त्री जोन्सन पहिले जानकारी नदिईकन एक्कासि युक्रेन पुगेको बताइएको छ ।

    त्यस क्रममा उनले युक्रेनका राष्ट्रपति जेलेन्स्की भेटवार्ता गर्दै रुसविरुद्ध युक्रेनी नागरिकले देखाएको बहादुरीको प्रशंसा गरे र आफ्नो मुलुकले थप सैन्य सहायता दिने बताए । ​

    जोन्सनलाई जेलेन्स्कीले राजधानी किएभका सडकको भ्रमण गराएका थिए । दायाँबायाँ सुरक्षाकर्मी राखेर उनीहरू सडकमा पैदलै घुमेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij