मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

विदेशी पर्यटकको संख्या दिनानुदिन बढ्दै, दैनिक २ हजार पुग्यो


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4294
    चैत २९, २०७८ मंगलबार
    विदेशी पर्यटकको संख्या दिनानुदिन बढ्दै, दैनिक २ हजार पुग्यो

    काठमाडौं । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । 

    अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिनुभएको छ ।

    सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिँदै महानिर्देशक भट्टराईले नेपाल भन्नुभयो– ‘अप्रिल ९ तारिखमा एकैदिन २ हजार ५ सय ९३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ ।

    ’तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार ९ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

    विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त हुने अनुमान गर्न सकिने महानिर्देशक भट्टराईको बताउनुभयो ।विभागले तयार गरेको विगत चार वर्षको तथ्यांक हेर्दा नेपालमा सन् २०१९ देखि सन् २०२१ को सम्मको अवस्थाको तुलना गर्दा सन् २०१९ सबैभन्दा राम्रो रहेको थियो ।

    त्यस वर्ष कुल ११ लाख ७५ हजार १५ जना विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०२० मा २ लाख ८ हजार ६ सय ७६ जना पर्यटक नेपालमा आएका थिए । 

    सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६४ विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । यो समाचार नेपाल समाचारपत्रमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij