मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

काठमाडौं उपत्यका बासीको मेलम्ची पानी पिउने सपना कहिले पूरा होला ?


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4296
    चैत ३०, २०७८ बुधबार
    काठमाडौं उपत्यका बासीको मेलम्ची पानी पिउने सपना कहिले पूरा होला ?

    काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।​

    खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ ।

    मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् ।

    सुन्दरीजलमा पानी आइपुगेको दुई दिनपछि वितरणका लागि तयार हुनेछ । यसरी तयार भएको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) गर्नेछ ।

    केयूकेएलले तालिका बनाएर काठमाडौं उपत्यकाका उपभोक्ताहरुको धारामा पानी पठाउनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij