सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बजारको भाउ आकाशियो, सर्वसाधारणका लागि चुलो बाल्नै गाह्रो, सम्बन्धित निकाय मौन


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4299
    चैत ३०, २०७८ बुधबार
    बजारको भाउ आकाशियो, सर्वसाधारणका लागि चुलो बाल्नै गाह्रो, सम्बन्धित निकाय मौन

    काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ । गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ । समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ । 

    गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ । तेलको मूल्य अकासिएको छ ।  

    घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ । तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ । दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्यवृद्धि ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ । खाद्य बाहेकका गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा क्षेत्रको पनि महँगी बढेको छ । 

    यसरी हरेक वस्तुको मूल्य अकासिँदै जाँदा चालू आर्थिक वर्षको ८ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो ।

    खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ । यही गतिमा मूल्यवृद्धि बढिरहे मूल्यवृद्धि दोब्बर अंकमा जाने जोखिम बढेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन् ।

    ‘विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो । यसले समग्रमा मूल्य बढायो । अझै रुस र युक्रेनको युद्धका कारण लामो समयसम्म मूल्यवृद्धि बढेर छिटै दोहोरो अंकमा पुग्ने जोखिम देखिएको छ,’ उनले भने । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij