मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मेलम्ची खाने पानी वैशाख ११ गते काठमाडौं उपत्यकाबासीको घरघरमा वितरण


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4303
    बैशाख ६, २०७९ मंगलबार
    मेलम्ची खाने पानी वैशाख ११ गते काठमाडौं उपत्यकाबासीको घरघरमा वितरण

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँंदो वैशाख ११ गतेभित्र काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि गएको चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी उनले गराए ।  

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल र्चैत्र १५ बाट क्रमिक रुपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताए ।  

    मेलम्ची खानेपानीको विकल्पको रुपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउदै उनले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिए ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाई व्यवस्थापन एवम् सुधारलगायतका कार्यहरुमा सहकार्य गर्दै आइरहेको बताए । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij